सरकारलाई काम गर्न नदिन एक नेताको घरमा मात्रै २८० वटा बैठक बस्याेः प्रधानमन्त्री ओली
२६ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिन प्रचण्ड निवासमा २८० वटा बैठक बसेकाे बताउनुभएकाे छ । राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताउनुभएकाे हाे । उहाँले बहुमत प्राप्त सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनुभयाे ।
उहाँले गएको बैशाख १३ देखि पुस ४ गतेसम्म पार्टीलाई कमजोर पार्न एउटै नेताको घरमा २८० वटा बैठक बसेको बताउनुभयाे । उहाँले ३५ बैठक अन्तै बसेको समेत बताउनुभयाे । देशलाई अस्थिरतामा लैजाने प्रयास गरेपछि ताजा जनादेशमा जान बाध्य भएको उहाँले बताउनसभयाे ।

‘सरकारलाई काम नै गर्न दिइएन,’ उहाँले भन्नुभयो,‘प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन । ६–६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो ।’ उहाँले पुस ५ गते आफूले चालेको कदमको औचित्य पुष्टि गर्नुभयो । उहाँले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि सुनाउनुभयो ।
प्रकाशित मिति : 14:32









