२३ पुष २०८१, मंगलवार | Tue Jan 7 2025

रानीपोखरीमा मौलाएको ‘घाँस’ काठमाडौँ महानगरका जनप्रतिनिधिलाई

५ असार, काठमाडौं । जनताकै बीचबाट निर्वाचित भएर पनि सबैभन्दा बढी विवादित आलोचित बनेका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिलाई कार्यालयमै पुगेर सम्पदाविद्ले घाँस दिएका छन ।

काठमाडौँका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका हुन । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गर्दै झाडीमा परिणत गरेको भन्दै मंगलबारविहान सम्पदाप्रेमीले महानगरलाई रानीपोखरीको ‘घाँस’ उपहार दिएका हुन् ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार १६:४३