२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पत्नी सीतालाई भारतमै छाडी स्वदेश फर्किए प्रचण्ड

२५ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कनुभएको छ । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई जानुभएका अध्यक्ष दाहाल आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । उहाँ पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 20:03