२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डहरूले राजनीतिलाई बागमती जस्तै दुषित बनाएः राज्यमन्त्री मानन्धर

२५ पुस, काठमाडाैँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अस्थिरता निम्त्याउन चाहनेहरुका कारण बागमती भन्दा बढी नेपालको राजनीति दुषित एको बताउनुभएको छ । बागमती सफाइ अभियानको चार सयौं हप्ता पुगेको अवसरमा राजधानीको सुन्दरीजलमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले नेपालको राजनीति बागमती जस्तै दुषित बनाउने प्रयास भएको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण राजनीतिक चलखेल रोकिएको बताउँदै मन्त्री मानन्धरले अबको केही समयभित्रै मुलुकको राजनीति सहि बाटोमा हिड्ने दाबी गर्नुभयो । जनताले स्थिरता र समृद्धिका लागि वर्तमान सरकारलाई मत दिएको बताउँदै मन्त्री मानन्धरले जनताको चाहना पुरा हुनेगरी नयाँ सरकार गठनका लागि निर्वाचनको मिति तोकिएको बताउनुभयो ।

आगामी बैशाखमा हुने चुनावपछि पुन नेकपाकै नेतृत्वमा शक्तिशाली सरकार गठन दाबी गर्दै मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताउनुभयो । बागमती नदी काठमाडौं उपत्यकाको सभ्यता समेत भएकाले यसको सफाइका लागि सरकारले प्राथमिकता दिएको मन्त्री मानन्धरको भनाइ छ ।

अबको केही वर्ष भित्रै बागमती पुरानै अवस्थामा फर्कने बताउँदै मन्त्री मानन्धरले सफाइ अभियानलाइ थप व्यवस्थीत बनाइने बताउनुभयो । मन्त्री मानन्धरले बागमती नदीमा ढल व्यवस्थापनको काम पनि तिब्र रुपमा भइरहेको बताउँदै समस्या देखिएका स्थानमा समाधानका लागि सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अधिकार सम्पन्न बागमती सम्यता एकिकृत विकास समितिका अध्यक्ष उद्दव प्रसाद तिमिल्सेनाले तीन वर्ष भित्र बागमती सफा भइसक्ने बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले सफाइसँगै ढल तथा करिडोर निर्माणलाई तिब्रता दिइएको बताउँदै सभ्यताको संरक्षणमा सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

प्रकाशित मिति : 15:12