३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

विश्वकप फुटबलको पहिलो खेलमा १२ वर्षपछि जित निकाल्यो इङ्गल्याण्डले

५ असार, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा नेपाली समय अनुसार सोमबार राति भएको खेलमा ट्युनिसियालाई २–१ ले पराजित गर्दै इङ्गल्याण्ड विजयी भएको छ ।

इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो । इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । जितसँगै समूह जीमा रहेको इङ्गल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०८:४३