२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्ड-माधवलाई देशभरबाट १० सिट जितेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

२४ पुस, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फरक पार्टी बनाएका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाइ देशभरबाट १० सिट जितेर देखाउन चुनाैति दिनुभएको छ । शुक्रबार धनगढीमा भएको सुदुरपश्चिम प्रदेशको भेलामा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले चुनावसँग भाग्ने हैन चुनाव फेस गरेर १० सिट जितेर देखाउन चुनाैति दिनुभयो ।

उहाँले भन्नुभयो ‘तीन करोड मान्छेमा कति जना गए रे, तपाईंहरुले सुन्नु भएको होला । उहाँहरु २६५ कि कति भन्नुहुन्छ,’ ओलीले अघि भने, ‘अनि के भयो त ? नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । अनि के भयो त ? ०५४ सालमा त्यस्तै भएको थियो अब देशभरबाट १० सिट जितेर देखाउन ।’

उहाँले केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेको होला भन्दै २/४ जना मान्छे पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रचण्ड समूहलाइ भगाैडाको उपमा पनि दिनुभयो ।

प्रकाशित मिति : 17:36