१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

सिंगटी हाइड्रो इनर्जी कम्पनीले माघ ४ गतेदेखि आइपिओ निष्कासन गर्ने

२४ पुस, काठमाडाैँ । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानियहरूका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओमा छिटोमा माघ १८ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : January 8, 2021 at 9:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/