५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

चन्द्रागिरी हिल्सको आइपिओ बिक्री खुल्ला, कति दिने आवेदन

२४ पुस, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर (आइपिओ) आजदेखि निष्कासन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले १५ कराेड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार ०९:४३