बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि आज, ७ दिनमै काजक्रिया सक्ने
५ असार, काठमाडौँ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिदै छ ।
सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बताइएको छ ।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ ।
पित्तथैलीको क्यान्सर लागेका डा. देवकोठाले बेलायतमा उपचार गराएका भए पनि स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।
प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०६:४१