माधव नेपाल एउटा झुण्ड लिएर माओवादीमा प्रवेश गरेका हुनः पूर्वमन्त्री बाँस्कोटा
२३ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एंव पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाल नक्कली अध्यक्ष भएको बताउनु भएको छ । उहाले नेता नेपाल एउटा झुण्ड लिएर माओवादी प्रवेश गरेको स्पष्ट पार्नुभएको हो ।

एक अन्तर्वार्तामा उहाले भन्नुभएको छ, ‘माधव नेपाल त नक्कली अध्यक्ष हो, उहा कसको अध्यक्ष, न एमाले साइडको न माओवादी साइडको,कसको अध्यक्ष हो । माओवादीको द्धितिय भनौ भने उहा गएको कहा ? उहाको के हो विचार ? उहाको वैचारिक लाइन के हो ? माओवादीमा प्रवेश गरेको होइन त्यसरी हेर्ने हो भने । माओवादीमा प्रवेश गरेको हो कि प्रथम अध्यक्ष भएको हो ।’
प्रकाशित मिति : 06:08









