२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराद्धारा राजीनामा

२२ पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो ।


विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिनुहुन्छ ।

प्रकाशित मिति : 16:10