विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले कामगर्न संचारमन्त्री गुरुङको निर्देशन
२१ पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले कामगर्न विज्ञापन बोर्डलाई निर्देशनदिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरी प्रभावकारी ढंगले कामगर्न बोर्डलाई आग्रहगर्नु भएको हो ।
मंगलबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उहाँले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव परामर्श लिन ढिलाई गर्नु हुन्न,’मन्त्रीगुरुङले भन्नुभयो, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी कामगर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रहगर्नु भयो । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीतिबनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्रीगुरुङले निर्देशनदिनुभयो ।
सरकारी विज्ञापन व्यवस्थापनगर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधिभित्र रहेर जिम्मेवार ढंगले कामगर्ने विश्वास पनि व्यक्तगर्नु भयो । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : 15:34









