२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

आज होइन भाेलिलाई, १० बर्ष ओलीलाई भन्दै जनकपुरधाममा ओली पक्षको प्रदर्शन

२१ पुस, जनकपुरधाम । जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षका नेता कार्यकताहरूले प्रदर्शन गरेका छन् । आज प्रधानमन्त्री  ओलीकाे पक्षमा नेकपाका नेता,कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । रेल्बे स्टेशनबाट निकालिएको र्‍याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनमा नेता कार्यकताहरूले केपी ओली जिन्दावाद,पार्टी फुटाउन पाइँदैन आज होइन भाेलिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।

र्‍याली सकिएपछि पार्टी कार्यालयमा कार्यकर्ता भेलाको आयोजना गरिनेछ । भेलालाई नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठसहितका नेताहरु सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : 15:22