२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

बलिउड नायिका जान्हवी कपूरले किनिन् ३९ करोडमा नयाँ घर

२१ पुस, काठमाडौँ। बलिउड नायिका जान्हवी कपूरले मुम्बईमा नयाँ घर किनेकी छिन्। ३९ करोडमा मुम्बईको जुहु इलाकामा कपूरले नयाँ घर किनेकी हुन्। बोनी कपूर तथा श्रीदेवीको छोरी जान्हवी बलिउडमा डेब्यू गरेको केही वर्ष मात्र भएको छ।

२३ वर्षीया जान्हवीले ३९ करोड भारूमा नयाँ घर किनेकी हुन्। ७ डिसेम्बरमा जान्हवीले घर खरिदको लागि सम्झौता गरेकाे भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

उनले हालसम्म दुई वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन्। उनले अभिनय गरेको ‘धडक’ र ‘गुञ्जन सक्सेना’ ले राम्रै चर्चा पाएको थियो। सन् २०१८ मा उनी ‘धडक’मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। उनको नयाँ चलचित्र ‘रूही अफजाना’ तथा ‘दोस्ताना-२’ प्रदर्शनको तयारीमा छन्।

प्रकाशित मिति : January 5, 2021 at 2:09 pm