२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

भारत पुगेका प्रचण्डलाई ईश्वर पोखरेलको सुझावः सीताको उपचारमा अलमल नहोस्

२० पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्नीको उपचारका लागि भारत पुगेका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपचारमा अलमल नगर्न सुझाव दिएका छन । सोमबार अपरान्ह सामाजिक सञ्जाल फेसबुक मार्फत उपप्रधानमन्त्री पोखरेलले पत्नीको उपचारका लागि भारत पुगेका बेलामा उपचारमा अलमल नगरी लाग्न भनेका छन ।

उनले भनेका छन ‘आज कमरेड पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ गंभीर अस्वस्थ्यता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना ! हालै भारतीय संचार माध्यमहरूले “ प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे …” भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहान्छु ।सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस् – हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !’

प्रकाशित मिति : 17:23