२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्ड आफ्नै हर्कतको परिणाम भोगिरहेका छनः मुख्यमन्त्री पोखरेल

२० पुस, चितवन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन । सोमबार चितवनमा भएको नेकपा कार्यकर्ताको भेलामा सम्बाेधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको बताए ।

मुख्यमन्त्री पोखरेलले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको दाबी गरे । माधव नेपालको ढाडमा टेकेर केपी ओलीको अपमान गर्ने प्रचण्डको प्रयास अब सफल नहुने बताए ।

प्रचण्डले ओलीको टाउकोमा हान्न खोजेपछि संवैधानिक अधिकार प्रयोग गरेर ओलीले प्रचण्ड–माधवहरुलाई सडकमा पुर्‍याइदिएको बताए । पोखरेलले प्रचण्ड र माधव नेपाललाइ इतिहासले कहिल्यै माफी नगर्ने बताए ।

 

प्रकाशित मिति : 16:40