७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्राइम बैंकको सेयर मूल्य समायोजन


२० पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जले आज प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । आइतबारसम्म ४६८ रुपैयाँमा कारोबार भएकोमा अब समायोजन पछी बैंकको शेयर ४०७ रुपैयाँ कायम भएको हो ।


बैंकले गतबर्षको मुनाफाबाट १०.२६९ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश कर प्रयोजार्थ सहित १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्तावित लाभांश आउदो पुस २९ गते हुने १३ औँ साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ११:२६