सूर्य चिन्ह बिनाको स्थायी कमिटीमा सहभागी भएका प्रचण्ड भोलि भारत जाने
१९ पुस, काठमाडौँ । विभाजित नेकपाका अध्यक्ष प्रचण्ड भोलि भारत जाने भएका छन । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भोलि भारतको मुम्बई जान लागेका हुन । प्रचण्डले विभाजित नेकपाको स्थायी कमिटीको आइतबारको बैठकमा प्रचण्डले आफू भोली भारत जान लागेको बताएका छन ।

पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार भारत जान लगेको बताएका हुन । छाती समेत सूर्य चिन्ह टाँसेर सडकमा निस्किएका प्रचण्डहरूको आइतबारको बैठक स्थालमा सूर्य चिन्ह देखिएको थिएन ।
स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार प्रचण्ड पत्नी सीतालाइ मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि सोमबार भारत लान लागिएको हो ।
प्रकाशित मिति : 18:11









