४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

आजबाट प्रभु लाइफ इन्स्योरेन्सको कारोबार खुल्ने, कति छ ओपनिङ रेञ्ज ?

१९ पुस, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार आजबाट धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खुल्ला हुने भएकाे छ । पाैष १७ गते, शुक्रबार नेप्सेमा यस इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएसँगै आजबाट कारोबार खुल्ने भएकाे हाे ।
शुक्रबार कम्पनीकाे २ करोड कित्ता साधारण सेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका PLI संकेत प्रदान गरिएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार ०९:४५