सडक दुर्घटना २० जनाको मृत्यु, ११ जना घाइते
१७ पुस , अल्जेरिया । दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १५:०४












