७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मेगा बैंकको शेयर मूल्य समायोजन


१७ पुस, काठमाडौँ । मेगा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०% बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस र ३.०५% नगद लाभांश वितरण गर्न लागेको हो । नेप्सेले समायोजनपछिको मूल्य २५० रुपैयाँ निर्धारण भएको छ । नेप्सेले बिहीबार अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यहि मूल्यलाई आधार मानेर आइतबार यस शेयरकाे कारोबार खुल्नेछ ।


बैंकको पुस २९ गते बस्ने साधारण सभाको लागि आज बुक क्लोज गरेको छ । जसअनुसार आजसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार ११:०६