२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पूर्व सांसद एवं जसपा नेता बबन सिंह केपी ओली नेतृत्वको नेकपामा प्रवेश

१६ पुस, राैतहट । पूर्व सांसद एवं जसपा नेता बबन सिंह केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर भूमिगत रूपमै चुनाव प्रचार गरेर चुनाव जितेका सिंह बिहीबार नेकपामा प्रवेश गरेका हुन ।

बिहीबार रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले सिंहलाई पार्टी प्रवेश गराएका छन । सिंह जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए । प्रदेश २ मा नेकपाको ओली समूहले पुष्पकमल दाहाल प्रचण्ड समूहलाइ शून्यतामा झार्ने देखिएको छ ।

प्रकाशित मिति : 17:58