७ असार २०८३, आइतबार | Mon Jun 22 2026

गृह जिल्लाका हजाराैँ कार्यकर्ता माधव नेपालको विपक्षमा (फोटोफिचर)

१६ पुस, गरूडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राैतहटको जिल्ला भेलामा हजाराैँ कार्यकर्ता उपस्थित भएका छन । नेकपा विभाजन गरेर प्रचण्डको कार्यकर्ता बन्न पुगेका माधवकुमार नेपालको गृह जिल्लामै हजाराैँ नेकपाका कार्यकर्ता उनको विपक्षमा देखिएका छन । प्रभु साह, सत्यनारायण मण्डल र सुमन प्याकुरेल लगायतका नेकपाका नेताहरूले विशेष सम्बोधन गरेको भेलामा नेकपाका हजारौँ कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली समूहको समर्थनमा देखिएका हुन ।

ओली सरकारका मन्त्री समेत रहेका प्रभु साहले फेसबुकमा एउटा टिप्पणी लेख्दै बृहत भेला सभ्य एवं भव्य रुपमा हर्षोल्लास पूर्वक सम्पन्न भएको बताएका छन । उनले भनेका छन ‘नेपालको एउटा ऐतिहासिक एवं क्रान्तिकारी भूमि रौतहटको गरुड़ाबाट नेकपा भित्रको अन्तरघात, मुलुकमा विद्यमान अस्थिरता, पश्चगमन/प्रतिक्रान्ति एवं भ्रष्टाचारको विरुद्ध पार्टीभित्र सुदृढ़ीकरण सहितको एकता, मुलुकमा स्थायित्व, अग्रगमन एवं सुशासन सहित प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्न नेकपा रौतहट जिल्ला कमिटीको आयोजनामा बृहत भेला सभ्य एवं भव्य रुपमा हर्षोल्लास पूर्वक सुसम्पन्न भएको छ ।’

 

प्रकाशित मिति : December 31, 2020 at 5:14 pm