७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्दै


१६ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप बाेलकबाेल प्रक्रियाबाट २८ दिनकाे अवधिकाे लागि संकलन उपकरण निष्कासन गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । यसकाे बाेलकबाेल आज दिउँसाे २ बजेसम्म Online Bidding Software मार्फत हुनेछ ।


बैंककाे निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १४:२७