प्रदेश १ मा नेकपा संसदीय दलकाे नेतामा भीम आचार्य चयन
१६ पुस, काठमाडौँ । नेकपाको प्रचण्ड- नेपाल पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड- नेपाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : 13:47









