७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अब नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने


१६ पुस, काठमाडाैँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ ।

नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिने बैंकले जनाएकाे छ ।

बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अवदेखि  कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १०:५५