२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

सोनम कपुरले शुरु गरिन् ‘ब्लाइन्ड’ को सुटिङ

१५ पुस, काठमाडाैँ । अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन्। हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रूपमा बन्न लागेको हो। शोम मखिजाको निर्देशनमा तयार भइरहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ। फिल्ममा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा रहेका छन्।


फिल्मको बिषय एक महिला पुलिस अफिसको बारेमा रहेकाे छ । कार दुर्घटनामा आँखाको ज्योती बन्द भएपनि भित्री सेन्सको मद्दतबाट पुलिस केसका लागि सहयोग पुर्याउछिन् । सोनको पहिलो फिल्म ‘सांवरिया’ फ्लप हाे। त्यसपछि अभिनयमा अझै मिहिनेत गरेकी सोनमका ‘दिल्ली ६’, ‘रांझणा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’, ‘सन्जु’लगायत थुप्रै राम्रा फिल्म आएका छन् ।

प्रकाशित मिति : December 30, 2020 at 2:15 pm