७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


१५ पुस, काठमाडाैँ । सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने  आज अन्तिम दिन रहेको छ । पौष १ गतेबाट बैंकले ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रमा  निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । साे ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले निष्काशन गरेको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बैंकले जारी गरेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए२ ग्रेडिङ्ग प्रदान गरेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ११:३१