४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड आज

१५ पुस, काठमाडाैँ ।चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय बासिन्दाहरुमा बिक्री गरेको साधारण शेयर आज बाँडफाँट गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि मंसिर १७ गतेदेखि पौष १ गतेसम्म प्रतिकित्ता अंकित मूल्य रु १ सय दरको ३ लाख ६ हजार ८ सय १९ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।


उक्त आइपिओ आज दिउँसो ३ बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा बाँडफाँड हुनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ११:०३