२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्ड-माधव गुटको निकृष्टता र निर्लज्जता यसरी पोखियो सडकमा…(भिडियोसहित)

१४ पुस, काठमाडाैँ । लामो समय कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल कतिसम्मका निकृष्ट हर्कत गर्न तयार हुनुहुन्छ भन्ने प्रमाण आज आयोजित बिरोधसभाको नाराले पुष्टि गरिदिएको छ । चुनावबिनै प्रधानमन्त्री र महाधिवेशनबिनै पार्टी अध्यक्ष बन्ने अभियान सफल नभएपछि बिभाजन गरी हिडनुभएका प्रचण्ड र माधवले आज आफ्नै सामुन्नेमा कार्यकर्तालाई राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गर्दै आपत्तिजनक आक्षेपसहितको नारा लगाउन लगाउनु भएको छ ।

प्रतिनिधिसभा बिघटन गरी ताजा जनादेशमा जाने निर्णयलाई प्रतिगमनको संज्ञा दिँदै अदालतलाई धम्क्याउन आयोजना गर्नुभएको बिरोधसभा र जुलुसमा उहाँहरुले राष्ट्रपति जस्तो सम्मानित संस्था र जननेता मदन भण्डारीकै अपमान गर्दै चरित्रहत्या गराउनु भएको हो । भृकुटीमण्डपमा सभा हुनुअघि प्रचण्ड र माधव नेपालले जुलुसको नेतृत्व गर्नुभएको थियो ।

त्यही जुलुसमा उहाँहरुको सामुन्नेमै राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध नारा लगाइयो, ‘ बिद्या तेरो सिन्दुर खोई ? … केपी ओली तेरो पोइ…।’ यति आपत्तिजनक नारा लगाउँदा प्रचण्ड र माधव नेपालले मुस्कान दिए तर रोक्न कुनै निर्देशन दिनुभएन । यो घटनाबाट प्रचण्ड माधव समुह नांगै बनेको छ ।

‘प्रचण्ड र माधव नेपाल यतिसम्म निकृष्ट होलान भन्ने कल्पनै गरेको थिइन, यिनीहरु त जनावर भन्न पनि नमिल्ने रहेछन,’ यो नारा सुनेपछि जुलुसमै रहेकी एक महिला नेतृले आक्रोश पोखिन, ‘देशको राष्ट्रपति, लामो आन्दोलनबाट आउनु भएकी नेतृबिरुद्ध यति निकृष्ट नारा लगाउने माधव र प्रचण्डले अरु महिलामाथि कस्तो दृष्टिकोण राख्लान ?’

प्रचण्ड र माधव नेपालले आज राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गरेर आफूहरु राजनीतिक दल नभई आपराधिक र कुत्सित समुह भएको प्रमाण पनि दिएको छ । राजनीति र आफ्नो अधिकारको वकालत गर्ने सवै महिलालाई चरित्रहत्या गर्ने लक्ष्य मात्रै रहेको सो समुहको भित्री तथ्य पनि बाहिर आएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गरेर पार्टी र सरकारको सत्ता हत्याउने योजना बिफल भएपछि दिमागी सन्तुलन गुमाएको प्रमाण पनि आजको नाराले दिएको सहभागीहरुले नै बताएका छन ।

आफ्नै निर्देशनमा प्रचण्ड र माधवले राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गरेजस्तै अन्य दलले उहाँहरुकै चरित्रहत्या गरे के प्रतिक्रिया हुन्छ ? यस्तै नारा प्रचण्ड र माधव नेपालबिरुद्ध पनि छोरी–बुहारी र दिदीबहिनीसँग जोडेर लाग्यो भने के हुन्छ ? भन्ने अहं प्रश्न खडा भएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : 19:00