२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मंगलबार घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१४ पुस, काठमाडौंँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ११:३८

https://srdb.com.np/