वाग्मती प्रदेशको रिक्त तीन मन्त्रालय मुख्यमन्त्री पाैडेलले सम्हाले
१२ पुस, काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आजदेखि आफैँ सम्हाल्नुभएको छ । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानून , सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हाल्ने हुनुभएको हो ।

मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफूले नै सम्हाल्ने लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंलाई सिफारिस गरी पठाउनु भएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति : December 27, 2020 at 7:27 pm









