७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गरीमा विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस शेयर र नगद कति ?


१२ पुस, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १० गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस शेयर र ०.७१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरीनेछ ।

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १४:२६