२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

सात नयाँ मन्त्रीको सपथको तयारी, को को बन्दैछन मन्त्री ?

१० पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन । यसअघि सरकारभित्रै बसेर असहयोग गरिरहेका सात मन्त्रीले सामूहिक राजिनामा दिएका थिए । ती सातै मन्त्रालयमा ओलीले नयाँ मन्त्री सिफारिस गर्न लागेको बुझिएको छ ।

सातै मन्त्रीलाइ शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने तयारी समेत भएको स्रोतले जनाएको छ । पार्टी विभाजनमा नलगोका केही पूर्व माओवादी नेताहरूले समेत मन्त्री बन्ने अवसर प्राप्त गर्ने निश्चित छ ।

ओलीले पूर्वमाओवादी नेताहरू टोपबहादर रायमाझी, दावा लामा, मणि थापा लगायतलाइ मन्त्री बनाउने अनुमान गरिएको छ । त्यस्तै पूर्व एमालेबाट ओलीका सहयोगीहरू मन्त्री हुनेछन। ओलीले आफू निकटका लागि मन्त्री बनाउँदा विगतमा अवसर नपाएकालाइ अवसर दिन खोजेको बुझिएको छ । यद्यपी केहीबेरमा मन्त्रीको सूची तयार हुनेछ ।

प्रकाशित मिति : 17:23