२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेः प्रधानमन्त्री ओली

९ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताउनुभएको छ । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘किन संसद विघटन गर्नुपर्यो । अरु थुप्रै कुरा छोडिदिनुस । यहि किचकिच, यहि झमेला पार्टी भित्र सधैं हिंडन खोज्यो खुट्टा समाउने, हिंडन खोज्यो अल्झाउने, हिंडन खोज्यो धराप थाप्ने, हिंडन खोज्यो अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशिल ढंगलले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । के मा भन्दा दिनै पिच्छेका गफ फिटनेहरुका कुरामै अल्झिनुपर्ने । उनीहरु गफ फिटेर बस्छन त्यसैमा अल्झिनुपर्ने ।’

अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि बताउनुभयो । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको बताउनुभयो । जनतमा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीले । उहाँले भन्नुभयो ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्यो । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं । उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’

देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताउनुभयो । त्यसैले संसद पुनरस्थापना गरेर एक डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको बताउनुभयो । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देश विगार्ने, देशको एकता तोडने देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने अलि एक डेढ वर्ष भएपनि संसद पुनरस्थापना गरेर जोड घटाउ, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशिर्वाद आदीबाट फेरी सरकारमा पुग्न पाइन्थ्यो की त्यसपछि त चुनाव भयो भने हुँदैन । चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरु भागिरहनु भएको छ । चुनाव भन्ने वित्तीकै उहाँहरु निद्रामा झस्किनुहुन्छ ।’

गृहमन्त्री समेत रहनु भएका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताउनुभो । अन्तिम समय सम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाले बताउनुभयो । पार्टीलाई फुटाउन सपथ खाएकाहरुसँग जति अनुनयविनय गरेपनि सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ । उनीहरुलाई हामीले एकस्पोज गर्न सकिन्छ ।

त्यसकारण मध्यावधिक निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताको निम्ति जरुरी छ । अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्नेृ प्रयत्न गर्यौं । तर सम्पूर्ण प्रयत्नहरु असफल सिद्ध भए । हामीले स्थायित्व कायम गर्नका निम्ति स्थिरता कायम गर्नको निम्ति हामीले धेरै तरिकाले प्रयत्न गर्यौं । धेरै उपायहरु अपनायौं । पछिल्लो चरणमा अन्तिम सम्ममा पनि कोशिष गर्यौं । यो पार्टीलाई विभाजित गर्नेहरुसँग हामीले अनुनयविनय पनि गर्यौं ।

पार्टीलाई विभाजन गर्ने, नेतृत्वलाई विस्थापित गर्ने सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा पुटवाद हो । यसरी नेतृत्वलाई विस्थापित गर्ने अपदस्त गर्ने वा परिवर्तन गर्ने, नेतृत्व निर्माण गर्ने त्यसको आफ्नो बैज्ञानिक र क्रान्तिकारी विधि प्रक्रियाहरु ह्ुन्छ त्यो ढंगले गरौं । हामीले अन्तिम सम्म पनि अनुनय विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन । उहाँहरुले पार्टीलाई फुटाई छाडने कसम खानुभएको थियो । उहाँहरुले यो सकरारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरुले अन्ततः त्यही गर्नुभयो ।’

प्रकाशित मिति : 19:44