२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

टोपबहादुर रायमाझी र मणि थापा केन्द्रीय कमिटी बैठकका लागि बालुवाटारमा

७ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । विहान ९ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पुग्नेक्रम जारी रहेको छ ।

नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षकाे बैठकमा सहभागी भएका छन् । पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका हुन् । लेखराज भट्ट पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणी थापा दुवै पक्षका बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : 10:52