ओली र प्रचण्डका छुट्टाछुट्टै केन्द्रीय कमिटी बस्दै, तीन सय बढी केन्द्रीय सदस्य थपिदैँ
८ पुस, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री निवासमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन भने प्रचण्डले एउटा पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाएका छन ।

एकले अर्कोलाइ कारबाही गरिरहेका दुबै पक्षले रिक्त हुने पदमा नयाँ मनोनयन गर्दैछन । सम्भवतः उपाध्य बामदेव गौतमबाहेक सचिवालयका अन्य सदस्य अर्का अर्काको तर्फबाट कारबाहीमा पर्दैछन । स्थायी कमिटीबाट ओलीलाइ कारबाहीको निर्णय गरेको प्रचण्ड ममूहलाइ त्यसअघि नै कारबाही गरिसकिएको ओली समूहले जनाएको छ ।
मंगलबार दुबै पक्षले कारबाही गरेको स्थानमा तीन सयबढी सदस्यलाइ नयाँ केन्द्रीय सदस्य बनाउनेछन । दुबै पक्षले थप्ने केन्द्रीय सदस्यहरूले पनि मंगलबार नै सपथ खानेछन ।
प्रकाशित मिति : 10:28









