आगामी चुनावपछि प्रचण्डको हैसियत हेराैँलाः पूर्वमन्त्री बस्नेत
६ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आगामी चुनावपछि प्रचण्डको हैसियत हेर्न चाहेको बताएका छन । प्रचण्डले जारी गरेको विज्ञप्ति माथि प्रतिक्रिया दिँदै पूर्वमन्त्री बस्नेतले प्रचण्ड गुटको स्थायी कमिटीलाइ कथित कमिटीको संज्ञा दिएका छन ।
पूर्वमन्त्री बस्नेतको प्रतिक्रिया यस्तो छ
घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरी मध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा साबधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौ टंकी हो यो कथित स्थायी कमिटी रुपि प्रचण्ड गुटको षड्यन्त्र ।

के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पुर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे ! बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ। चार्ली चाप्लिङ्ग माथ खाने भए अब। आउदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौला।
कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला। अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ। तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन।
प्रकाशित मिति : 14:36









