२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

सरकारले कामै गर्न नपाएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्यः कांग्रेस नेता डा भण्डारी

५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले सरकारले कामै गर्न नपाएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कदम भएको बताउनुभएको छ । संसद विघटनको घोषणापछि आइतबार सामाजिक सञ्जाल मार्फत डा भण्डारीले प्रधानमन्त्रीले केपी शर्मा ओलीले चालेको कदम ठीक रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो । सैलिमा जनताको करबाट नेता पाल्न जनता बाध्य हुदैन्न् ।अगाडी के हुन्छ समयले जवाफ दिनेछ ।तर प्रकृयामा कम्जोरी देखियो ।’

प्रकाशित मिति : 16:19