राष्ट्रपति भण्डारीले संसद विघटन गरे लगत्तै प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्ने तयारी
५ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको निर्णय गरे लगत्तै प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्ने तयारी गरेका छन । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय राष्ट्रपतिलाइ दिएर प्रधानममन्त्री केहीबेर अघि बालुवाटार फर्किएका छन ।

अब प्रधानमन्त्रीले राष्ट्रपतिको निर्णय कुरेर बसेका छन । बालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभाको निर्वाचन दुइ चरणमा गर्ने गरी तयारी गरिएको छ । स्रोतका अनुसार आगामी वैशाखको १७ र २७ गते गरी दुइ चरणमा निर्वाचन गर्ने घोषणाको तयारी भैरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २३ गते एकैदिन चुनाव गर्ने घोषणा गर्न सक्ने पनि स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 13:16









