५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शुक्रबार पनि बढ्याे सुनचाँदीको मूल्य, कति पुग्याे तोलाको ?


३ पुस, काठमाडाैँ । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेकाे छ  ।  शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:४९