४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बिहीबार पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२ पुस, काठमाडाैँ । सुनको  मूल्यमा बिहीबार पनि वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १२:३८