२३ पुष २०८१, मंगलवार | Tue Jan 7 2025

अरुण तेस्रोको सुरुङमा पुरिएका चार जनाको ३८ घण्टापछि जिवितै उद्धार

३ असार, काठमाडौँ । अरुण तेस्रोको सुरुङमा पुरिएका चार जनाको ३८ घण्टापछि जिवितै उद्धार गरिएको छ । अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो । उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

प्रकाशित मिति : ३ असार २०७५, आईतवार १२:४२