२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

अध्यादेश जारी हुनुमा प्रचण्ड र देउवा जिम्मेवारः अध्यक्ष बिजुक्छे

१ पुस, काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी हुनुमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा बढी जिम्मेवार रहेको बताउनुभएको  छ ।

अध्यक्ष बिजुक्छेले प्रचण्ड र देउवाकै कारण सरकार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । अध्यक्ष बिजुक्छेले प्रमुख विपक्षी दलका नेता र सभामुखको हैसियतामा बैठक बहिष्कार गरेपछि यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रचण्डले गुटको कार्यकर्ता बनाएर सभामुख अग्नि सापकोटा र विपक्षी नेता देउवाले बैठक बहिष्कार गरेपछि बैठक संचालन गर्न सरकारसामु अध्यादेश ल्याउनु बाहेक तत्काल कुनै विकल्प थिएन। त्यसकारण अध्यादेश गलत छैन् ।’

प्रकाशित मिति : 13:52