४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुधबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


१ पुस, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे  छ ।  यस्तै आज तेजावी सुन ९२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार बढेको छ । आज ३० रूपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ११:३३