४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आज चन्द्रागिरी हिल्सको आइपिओमा आवेदन दिने अन्तिम दिन, कति पर्यो आवेदन ?

१ पुस, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गतेदेखि आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार मंसिर ३० सम्ममा ३ हजार ५ सय ५८ जना आवेदकले १३ लाख १५ हजार ६ सय ६५ कित्ताका लागि आवेदन दिइसकेका छन् । यो माग गरिए भन्दा ४.२८ गुणा बढी हो ।

आइपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा।वि।स। वडा नं ३, ४, ५, ६, ७, ८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० ९साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ साविक फाखेल गाविसका सम्पूर्ण वडाहरुका स्थानियले मात्रै यस आईपीओमा आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ११:१८