२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

ओलीसँग सिंगल नबस्ने घोषणा गरेका प्रचण्ड भन्छन ‘संवादका लागि तयार छु’

३० मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काअध्यक्ष केपी शर्मा ओलीसँग सिंगल नबस्ने घोषणा गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संवादका लागि तयार रहेको बताएका छन । संवैधानिक परिषद् सम्बन्धी अध्यायदेशपछि उत्पन्न परिस्थितिको विषयमा छलफफल गर्न नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङलाइ बोलाएर ​अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यादेश जारी भए लगत्तै प्रचण्डले नेम्वाङलाइ निवासमै बोलाएर पार्टी भित्रको विवाद समाधानका लागि आफू संवादमा बस्न तयार रहेको बताएका हुन ।

प्रचण्डले अध्यादेश खारेजीको माग गर्दै आफ्नो गुटको भेला बोलाएका छन । अहिले प्रचण्ड निवास खुमलटारमा उक्त गुटको भेला जारी छ । भेलाले सरकारविरूद्ध रणनीति तयार गर्ने नेताहरूले बताएका छन । भेलामा प्रचण्ड गुटका सचिवालय सदस्यका अलवा दोस्रोतहका प्रभावशाली नेताहरू समेत सहभागी रहेका छन ।

 

प्रकाशित मिति : 17:49