३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

माउन्टेन इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?

३० मंसिर, काठमाडाैँ । माउन्टेन इनर्जीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई एमइएन कारोबार संकेत दिएको छ । कम्पनीकाे शेयरलाई नेप्सेले ११४ रुपैयाँ ८१ पैसा देखि ३४४ रुपैयाँ ४३ पैसा ओपनिङ्ग रेन्ज ताकिदिएको छ । त्यस अनुसार कम्पनी शेयर कारोबार खुल्नेछ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गन बोर्डबाट अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि कार्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १४:५२