२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सरकारले जनताको जीवनस्तर उकास्नेगरी ऐतिहासिक काम गरेकाे छः राज्यमन्त्री मानन्धर

३० मंसिर, काठमाडाैँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्तमान सरकारले गरेका राम्रा कामको जस दिन पनि कन्जुस्याईं भएको बताउनुभएको छ । सरकारले जनताको जीवनस्तर उकास्नेगरी ऐतिहासिक काम गरेको बताउँदै मन्त्री मानन्धरले राम्रा काम नदेख्ने प्रवृतिका कारण समस्या पैदा भएको बताउनुभयो ।

मंगलबार काठमाडौँको चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकमा कालोपत्रे शूरुवात गर्दै मन्त्री मानन्धरले वर्तमान सरकार इतिहासकै सफल भएको दाबी पनि गरे । वर्तमान सरकारले जनतामा आशा जगाउने धेरै काम गरेको बताउँदै समृद्ध मुलुक निर्माण भएको देख्न नचाहनेहरुले सरकारको राम्रा काम पनि देख्न नचाहेको बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने बताउँदै सुखी नेपालीको परिकल्पना साकार पार्न आफुहरु लागिपरेको बताउनुभयो ।

मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने भएकाले हालका दिनमा चलाईएको हल्लाको कुनै अर्थ नरहेको बताउनुभयो । मन्त्री मानन्धरले नेकपा भित्र देखिएको केही वाद विवादले सरकारको काम प्रभावित भएको बताउँदै केही दिनभित्रै ओली नेतृत्वको सरकारलाई थप गतिशिल र प्रभावकारी बनाउनेगरी शीर्ष नेताहरु अघी बढ्ने दाबी गर्नुभयो ।

बिकासका आयोजनाहरुले गति लिएको बताउँदै मन्त्री मानन्धरले लामो समयदेखि उल्झनमा परेका सयौं आयोजनाको काम थालिएको बताउनुभयो । १८ वर्षदेखि हुन नसकेको चमती आयोजनाको सडक कालोपत्रे थालिएको बताउँदै मन्त्री मानन्धरले बिकासका काममा जनताको रचनात्मक सहयोगले सरकारलाई थप सक्रिय बनाउने बताउनुभयो । जनताको सरकारले जनताको समृद्धि र बिकासका लागि विवेकपुर्ण ढंगले काम गर्ने बताउँदै आवश्यक खबरदारी र सहजिकरण गर्न पनि स्थानीयलाई आग्रह गर्नुभयो ।

मन्त्री मानन्धरले चमती आयोजना काठमाडौं महानगरभित्रको नुमुना आयोजना भएको बताउँदै सुन्दर सहर निर्माणमा यो आयोजना कोशेढुंगा सावित हुने दाी गर्नुभयो । काठमाडौं महानगरपालिका र चमतीका स्थानीयवासिन्दाको साझेदारीमा झण्डै १४ सय रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्ने भन्दै सुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ ।

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघी बढेको बताउँदै सुन्दर सहर निर्माणको अभियानमा यो आयोजना उदाहरणीय हुने बताए । कार्यक्रममा काठमाडौं महानगर वडा नम्वर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले आयोजना सकिएसँगै वडा कार्यालयका प्रशासनिक कामका लागि यही स्थानमा कार्यालय निर्माण गरि सार्ने तयारी भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:24