२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

साँझ ५ बजे बस्नेगरी सकियो संवैधानिक परिषद्को बैठक

३० मंसिर, काठमाडाैँ । साँझ ५ बजे पुनः बस्नेगरी संवैधानिक परिषद्को बैठक सकिएको छ । सभामुख अग्नी सापकोटा बैठकमा नगएपछि अनाैपचारिक रूपमामात्र बसेको बैठक साँझ ५ बजे पुनः बस्नेगरी सकिएको छ । बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित रहेका थिए ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा बैठकमा नगएपछि बैठक प्रभावित बन्न पुगेको हो ।

प्रकाशित मिति : 11:10